Skip to content
All events

Policy Seminar

लघुवित्त क्षेत्रको पुनर्संरचना : नीति, चुनौती र समाधान

नीति, चुनौती र समाधान

नेपाल लघुवित्त बैंकर्स संघसँगको सहकार्यमा लघुवित्त क्षेत्रको पुनर्संरचनाबारे नियामक, विज्ञ र लघुवित्त नेतृत्वबीच विचार गोष्ठी।

  • August 21, 2026
  • काठमाडौं
  • Niti Research Pvt. Ltd. × Nepal Microfinance Bankers Association

About the Program

Program Details

लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू सम्बोधन गर्दै यसको मूल उद्देश्य (उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास) बमोजिम पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिए।

नीति रिसर्च प्रालिले नेपाल लघुवित्त बैंकर्स संघसँगको सहकार्यमा आयोजना गरेको विचार गोष्ठीका वक्ताहरूले लघुवित्त र सहकारी वा मिटरब्याजबीचको अन्तर बुझाउन नसक्दा भ्रम सिर्जना भएको र यसले क्षेत्रलाई नै जोखिममा पारेको बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पदाधिकारी, विज्ञ, लघुवित्त बैंकर्स संघका प्रतिनिधि, विभिन्न लघुवित्तका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा सञ्चारकर्मीसहित करिब १५० जनाको सहभागिता रहेको थियो। कार्यपत्र प्रस्तुति, प्रश्नोत्तर र टिप्पणीसहितको कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको थियो।

Source: Niti 365 report

Key Facts

Partner
Nepal Microfinance Bankers Association
Co-organiser
Participants
≈150
NRB officials, experts, MFI chairs, CEOs & media
Papers
3 Presentations
Followed by Q&A and commentary

Voices

Speakers & Key Remarks

  • ‘लघुवित्त धितो नलिई कर्जा प्रवाह गर्ने संस्था भएकाले यसको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ।’

    राजनविक्रम थापा

    कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

  • ‘स्थानीय तह आफैँ अधिकारसम्पन्न छ। उनीहरूकै एजेन्डा पूरा गर्न लघुवित्तले सहयोग गर्न सक्छ।’

    डा. प्रकाश श्रेष्ठ

    पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग

  • ‘यसलाई विवादित बनायौँ भने फेरि ठूलो दुर्घटना आउन सक्छ। त्यसैले यही संरचनाभित्र सन्तुलन कायम गर्नुपर्छ।’

    रामबहादुर यादव

    अध्यक्ष, लघुवित्त बैंकर्स संघ

  • ‘साँच्चै हामीले सञ्चार गर्न नसकेको हो कि हाम्रा पीडाहरूलाई राम्रोसँग बोध गराउन नसकेको हो?’

    शिशिरकुमार ढुंगाना

    पूर्वअर्थसचिव · कार्यपत्र प्रस्तुतकर्ता

  • ‘नेपालमा लघुवित्तले ग्रामीण विपन्न वर्ग, विशेष गरी महिलाहरूको आर्थिक-सामाजिक सशक्तीकरण र गरिबी निवारणमा ऐतिहासिक योगदान पुर्‍याएको छ।’

    प्रा.डा. भरत थापा

    त्रिभुवन विश्वविद्यालय · कार्यपत्र प्रस्तुतकर्ता

  • ‘बजेट र मौद्रिक नीतिमा लघुवित्तलाई प्राथमिकतामा राखिए पनि कार्यान्वयन पक्ष फितलो छ।’

    वसन्तराज लम्साल

    पूर्वअध्यक्ष, लघुवित्त बैंकर्स संघ

Press & Media Response

News Coverage Wall

15 media reports published about this event.